भोलि र पर्सि हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि देशका सबै पहाडी तथा हिमाली भेग र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

पर्सि कोशी, मधेश, बागमती प्रदेशका केही ठाउँमा तथा बाँकी हिमाली र पहाडी भेगका थोरै ठाउँमा हावाहुरी र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण वर्षा, चट्याङ तथा हिमपातको सम्भावना रहेकाले सतर्क रहन महशाखाले आग्रह गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search