काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज दिउँसो बस्दैछ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक बस्न लागेको पार्टीका सह–महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो ।
केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक बस्नेछ । सांसदहरूको शपथ दिउँसो २ बजेका लागि तोकिएको छ । त्यसपछि रास्वपा संसदीय दलको बैठक बस्नेछ ।
बैठकबाट संसदीय दलको नेता चयन भएपछि भोलि बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिनुहुनेछ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री घोषणा गरेको थियो ।











