काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । सुरक्षा स्थिति नियन्त्रणका लिन प्रहरी परिचालन भएको छ ।
प्रदर्शन चलिरहँदा सिंहदरबार आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।
त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।











