आर्टिमिस-२ अन्तरिक्षयान पृथ्वीमा अवतरण

काठमाण्डौ । १० दिन लामो ऐतिहासिक यात्रापछि ४ जना अन्तरिक्ष यात्री सहितको आर्टिमिस-२ अन्तरिक्षयान पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रीहरूलाई बोकेको प्यारासुट अमेरिकाको पश्चिमी तट नजिकै प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गरेको छ । यो मिसनले नयाँ कीर्तिमान पनि कायम गरेको छ ।

गएको अप्रिल ६ मा अन्तरिक्षयानले पृथ्वीबाट ४ लाख ६ हजार ७७१ किलोमिटर टाढा पुगेर मानव इतिहासकै सबैभन्दा टाढाको अन्तरिक्ष यात्रा गर्ने रेकर्ड तोडेको थियो ।

अप्रिल १ अर्थात गएको चैत १८ गते सफल प्रक्षेपण भएको यो मिशनमा चार जना अन्तरिक्ष यात्री सहभागी छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search