नेपाल उद्योग वाणिज्य महासंघको नयाँ चुनावी मिति सार्वजनिक

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा चुनाव वैशाख २१ र २२ गते हुने भएको छ । महासंघको पदाधिकारी समितिको बैठकले आउँदो वैशाख २१ र २२ गते चुनावको नयाँ मिति तय गरेको हो । यसअघि भोलि र पर्सि हुने भनिएको चुनाव उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण रोकिएको थियो ।

यसैगरी महासंघले आउँदो वैशाख ९ गते कार्यकारिणी समितिको बैठक समेत बोलाउने निर्णय गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search