सरुवा भएर आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ । मन्त्रालयले सूचना निकालेर पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराइ र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ ।

मन्त्रालयले कर्मचारीलाई समेत तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएको छ । विभिन्न ठाउँमा खटाइएका कर्मचारी अहिलेसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि मन्त्रालयले सूचना निकालेको हो ।

सूचनामा तोकिएको समयभित्र हाजिर नभए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search