रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तान्ने साइत असार ३ गतेलाई जुर्‍यो

काठमाण्डौ । रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तान्न असार ३ गतेको साइत जुरेको छ । आज बिहान ललितपुरको मंगलबजारमा रहेको मणिमण्डपमा भेला भएका चार जना ज्योतिषले असार ३ गतेको साइत जुराएका हुन् । नरिवल खसाल्ने जात्रा सकिएपछिको पहिलो हप्ताको बिहीबार रथ जावलाखेल लाने साइत हेर्ने परम्परा छ ।

पुल्चोकबाट शुरु भएको रथ यात्रा गाबहाल सुनधारा हुँदै लगनखेल पुर्‍याएपछि साइत हेरेर मात्रै रथलाई जावलाखेल लैजाने परम्परा छ । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो देखाइन्छ ।

रातो मच्छिन्द्रनाथ र मिननाथको रथ पाटनको थटिटोलमा असार ३ गते दिउँसोसम्म रहनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search