एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी

काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पर्सि मङ्गलवार अर्थात् वैशाख २९ गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभयो ।

कार्यालयले यसअघि नै १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो । विगतमा परीक्षा सम्पन्न भएको झन्डै ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । यस पटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच भएको छ । कतिपय केन्द्रमा उत्तरपुस्तिका परीक्षण सम्भव नभएकाेमा जिल्ला तहमा पठाइएकाे हो ।

यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटसहितको सूचीसमेत सार्वजनिक गरेको छ । एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक शर्टकोडमार्फत नतिजा थाहा पाउन सक्नेछन् । नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र यूएसएसडीमार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search