विश्वकपका लागि शैक्षिक वर्ष कटौती गर्ने योजना मेक्सिकोद्वारा रद्द

मेक्सिको सरकारले फिफा विश्वकप २०२६ अघि आफ्नो शैक्षिक वर्ष छोट्याउने योजना रद्द गरेको छ । अभिभावक, थिंक ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अलजजीराले जनाएको छ ।

यसअघि शिक्षा सचिव मारियो डेलगाडोले विद्यालय वर्ष झन्डै ४० दिन अगाडि नै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो ।

यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव सङ्कलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया शेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए । बैठकमा स्कूल क्यालेन्डरलाई मूल योजनाअनुसार राखेर जुलाई १५ मा अन्त्य गर्ने र अगस्ट ३१ मा कक्षाहरू पुनः शुरू गर्ने सहमति भएको खबरमा उल्लेख छ ।

मेक्सिको, अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन ११ देखि शुरू हुनेछ । यस पटकदेखि ४८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search