बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति भवन शीतल निवसमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

‘बेरुजु फर्छ्याेट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ धेरै जवाफदेही हुनुपर्छ’, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा देशमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिवेदनदले औँल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरोकार भएकाहरूलाई जवाफदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभयो ।

बेरुजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेसागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो ।

यसैबीच लेखापरीक्षणबाट गएकाे आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ कायम भएकाे छ । यसमध्ये सङ्घीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेश सरकारी कार्यालयतर्फ ५ अर्ब २२ करोड ८७ लाख, पालिकातर्फ १९ अर्ब ४ करोड ७७ लाख तथा समिति एवम् अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख रुपैयाँ रहेको छ ।

याेसँगै कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेकाे छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search