नवयुवा आन्दोलनका ध्वस्त भएका सरकारी भवनको पुनर्निर्माण गर्न बजेटमै व्यवस्था

काठमाण्डाै । सरकारले गएकाे भदौको नवयुवा आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिने भएको छ ।सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले याे जानकारी दिनुभएकाे हाे ।

उहाँले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त र सरकारी आवास पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको बताउनुभयो । अहिलेसम्म सडक सञ्जालसँग नजोडिएका पालिकाका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाइने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री वाग्लेले देशभर झोलुङ्गे पुल निर्माण गर्न ५ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search