दाङमा चट्याङ्ग लागेर एक महिलाको ज्यान गयो

काठमाण्डौ । दाङमा चट्याङ्ग लागेर एक महिलाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया दिपा थापाको चट्याङ्ग लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घोराही–९ मछाहीमा धान रोपाइँ भइरहेको बेला हिजो बेलुका एक्कासि चट्याङ्ग परेको थियो । घोराही–२ मर्फेस बस्ने २९ वर्षीया कमला थापा र त्यही ठाउँका ३४ वर्षीय सन्दीप विक घाइते हुनुहुन्छ ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search