काठमाण्डाै । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नै प्रस्तावको चर्काे विरोध भएपछि फिफाको कार्यकारी समितिको आकस्मिक बैठक बोलाएका छन् । विश्वकपसँगै आफ्ना प्रमुख प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने विवादास्पद योजना रद्द गरेको विषयमा तीव्र आलोचना खेपिरहेका बेला इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायका वरिष्ठ पदाधिकारीहरूलाई आज मोरक्कोमा बैठकका लागि बोलाएका हुन् ।
फिफाका ग्लोबल फुटबल विकास प्रमुख आर्सेन वेङ्गर, महासचिव माटियास ग्राफस्ट्रोम तथा जोर्डन फुटबल सङ्घका अध्यक्ष प्रिन्स अलीले इन्फान्टिनोले प्रस्ताव गरेको योजनाको विरोध गरेका छन् ।
यसैबीच विवादास्पद योजनाको विरोध गर्दै फिफाका वरिष्ठ रणनीतिक सल्लाहकार कार्लोस कोर्डेइरोले पदबाट राजीनामा दिएका छन् । विवादास्पद योजना असफल भएपछि इन्फान्टिनोलाई दिँदै आएको समर्थन वेल्ससहित फिनल्यान्ड, स्वीडेन र सर्बियाले आधिकारी रूपमै फिर्ता लिएका छन् ।
उत्तर, मध्य अमेरिका र क्यारेबियन फुटबल महासङ्घ (कन्काकाफ) का अध्यक्ष भिक्टोर मोन्टाग्लिएनीलाई इन्फान्टिनोको सम्भावित विकल्पका रूपमा अगाडि सार्न शुरू भएको छ ।
मोरक्कोको राबाटमा आउँदो वर्षको मार्च १८ मा हुने ७७औँ कंग्रेसबाट फिफाको नयाँ अध्यक्ष छान्ने कार्यक्रम छ । इन्फान्टिनो सन् २०१६ देखि फिफाको अध्यक्षमा छन् ।











