अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्‍मा नउठाउनू : गृहमन्त्री गुरुङ

काठमाण्डाै । गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‍मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ । बलात्कारजस्ता संवेदनशील विषयले पीडित परिवारलाई थप पीडा दिने भएकोले संसद्‍मा राख्न नहुने उहाँको तर्क छ ।

प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? भनेर सोध्नुभएको थियो ।

जवाफमा गृहमन्त्री गुरुङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नुभएको ? भन्दै प्रतिप्रश्न गर्नुभयो । यो विषयको भारी नयाँ सरकारलाई नबोकाउन भन्दै उहाँले यस विषयमा सरकारले सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जवाफ दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search