फिफाको निलम्बनका कारण नेपालले एएफसी २० वर्ष मुनिको एसियन कप गुमायो

काठमाण्डाै । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा चीनमा हुने २० वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ ।

क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन । एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह ‘आई’ मा थियो । यससँगै नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ ।

यसअघि एएफसी महिला च्याम्पियन्स लिग र एएफसी १७ वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिएको छ । फिफाले गएको असार ११ गते अखिल नेपाल फुटबल संघ, एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो ।यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप पनि गुमाउने जोखिम बढेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ, साफले सेप्टेम्बर १ भित्र फिफाको निलम्बन फुकुवा भए मात्रै नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ । एएफसी २० वर्षमुनिको एसियन कप क्वालिफायर्स चीनमा अगस्टको अन्तिम हप्तादेखि शुरु हुँदैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search