अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पोलि सिलिकन आयातमा १५ प्रतिशत भन्सार कर लगाउने आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोलि सिलिकनबाट निर्मित उत्पादनहरूको आयातमा न्यूनतम मूल्य निर्धारण गर्दै १५ प्रतिशत भन्सार महसुल लगाउने सम्बन्धी कार्यकारी आदेशमा बिहीवार हस्ताक्षर गर्नुभएको छ ।

पोलि सिलिकन सौर्य प्यानल र सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने महत्वपूर्ण कच्चा पदार्थ हो । रोयटर्सका अनुसार पोलि सिलिकनको न्यूनतम आयात मूल्य प्रतिकिलोग्राम २१ अमेरिकी डलर निर्धारण गरिएको छ । त्यस्तै, पोलि सिलिकन इन्गट्स र वेफर्सको न्यूनतम मूल्य प्रतिकिलोग्राम १०० अमेरिकी डलर कायम गरिएको छ ।

नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर ४ देखि कार्यान्वयनमा आउने खबरमा उल्लेख छ । राष्ट्रपति ट्रम्पले अमेरिकी वाणिज्य विभागलाई कच्चा पोलि सिलिकन तथा यससँग सम्बन्धित अन्य उत्पादनहरूको स्वदेशी उत्पादन बढाउन लगानी प्रोत्साहन गर्ने कार्यक्रम तयार पार्न निर्देशन पनि दिनुभएको छ ।

ह्वाइट हाउसले जारी गरेको तथ्यपत्रमा अमेरिकी उत्पादकहरूलाई समान अवसर प्रदान गर्ने, रणनीतिक उद्योगहरूलाई स्वदेशमै पुनःस्थापित गर्ने तथा राष्ट्रिय सुरक्षा र रक्षा क्षेत्रसँग सम्बन्धित औद्योगिक आधारलाई सुदृढ बनाउने उद्देश्यले यो निर्णय गरिएको उल्लेख गरिएको छ ।

तथ्यांकअनुसार विश्वव्यापी पोलि सिलिकन उत्पादन क्षमतामा अमेरिकाको हिस्सा सन् २००५ मा ५० प्रतिशत रहेकोमा सन् २०२४ सम्म आइपुग्दा २ प्रतिशतभन्दा पनि कममा झरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search