दोलखाको यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिए

काठमाण्डाै । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिएका छन् । आधार शिविरमा हिजो शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कात्तिक १७ गते यलुङ री आरोहणका क्रममा हिमपहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ । भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा अवतरण हुन नसकेर फर्केको प्रहरीको भनाइ छ ।

यलुङ रीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन । गएको कात्तिक १७ गते आरोहणका क्रममा हिम पहिरोमा ५ विदेशीसहित २ जना नेपाली सम्पर्कविहिन भएका थिए । त्यस बेला २ जनाको मात्रै शव भेटिएको थियो । सोलुखुम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका २, क्यानडा, फ्रान्स र जर्मनीका १/१ गरी ५ जनाको शव भेटिएको थिएन ।

अहिले भेटिएका सबै शव मौसम अनुकूल हुनेबित्तिकै जिल्ला सदरमुकाम चरिकोट ल्याउने प्रहरीले जनाएको छ । यलुङ री रोल्वालिङ हिमशृङ्खलाको ५ हजार ६३० मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search