इलामकाे चुलाचुली गाउँपालिकाका २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै । इलामकाे चुलाचुली गाउँपालिकाका २ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचार मुद्दा दायर भएकाे छ । ६ लाख रुपैयाँ घुस लिएकाे अभियाेगमा अख्तियारले गाउँपालिकाका इन्जिनयर डिल्लीराज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।

आयोगका अनुसार खड्काले पुलको रि–डिजाइन स्वीकृत गरिदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । आयाेग र आयोगको कार्यालय इटहरीबाट संयुक्तरूपमा खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा खड्का र लेखा अधिकृत भट्टाराईबीच आपसी मिलेमतोमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारले जनाएकाे छ ।

२ जना कर्मचारीविरुद्ध घुस रकम बराबरकाे ६ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएकाे छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search