Ads3

विपद् व्यवस्थापनमा सरकारको काम प्रशंसनीय : रवि लामिछाने

विपद् व्यवस्थापनमा सरकारको काम प्रशंसनीय : रवि लामिछाने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभएको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै सभापति लामिछानेले उद्धार, उपचार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गर्नुभयो । परम्परागत राजनीतिक चस्माले हेर्न नहुने उल्लेख गर्दै उहाँले हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको बताउनुभयाे ।

यसैबीच भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने सभापति लामिछानेले उल्लेख गर्नुभयाे । नेपालजस्ता कम उत्सर्जन गर्ने देशले नगरेको अपराधको सजाय भोग्नुपरेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चमा सशक्तरूपमा ’जलवायु न्याय’ माग्नुपर्नेमा जोड दिनुभयो ।

प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढी पीडितको पुनर्स्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्