काठमाण्डाै । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । आज बिहान साढे १० बजेतिर टुमेडा गाउँबाट वडा–११ मा रहेको बजारका लागि छुटेको नम्बर नखुलेको अटोरिक्सा ब्रेक फेल भई सडकबाट झन्डै ९०० मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, तारा महरा र डल्ली महराको ज्यान गएको हो । अटाेरिक्सामा थप एक जना बालक पनि रहेका र उनको अवस्था थाहा हुन सकेको छैन । उनको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्