Ads3

निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन

निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन

काठमाण्डौ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी (म्यादी प्रहरी) को पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य हुनुहुन्छ । उपसमितिलाई दुई महिनाको समय सीमा दिइएको छ ।

गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो । त्यस क्रममा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ ।

आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो । 

Muktinath

प्रतिक्रिया दिनुहोस्