काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ । शुक्रबार देखि ओरालो लागेको सुनको भाउ आज तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६९ हजार सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो तोलामा १ हजार ५०० र गएको शुक्रबार तोलामा १२ हजार ६०० रुपैयाँले घटेको थियो । तीन कारोवार दिनमा सुनको भाउ १५ हजार २०० रुपैयाँले ओरालो लागेको हो ।
यस्तै आज चाँदीको भाउ ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्