काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री खडकराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनुभएको हो । उहाँले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनुभएको छ ।
उहाँले भन्नुभयो,‘निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने थियो ।’ तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको बताउनुभयो ।
मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्