काठमाण्डाै । तीन देशका लागि नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णलाई शपथ गराउनुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिशमा संसदीय सुनुवाइ समितिले उहाँहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत पदमा नियुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद्ले १३ राजदूतको नाम सिफारिश गरेकोमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरूमा राजदूतहरूको नाम ‘अग्रिमो’ अर्थात् औपचारिक पूर्वस्वीकृतिका लागि पठाएको थियो । अग्रिमो आएका तीन जना राजदूतले आज शपथ लिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्