काठमाण्डाै । अमेरिकाका बास्केटबल खेलाडी ग्रीन डा’मोन्टे खिरी ३३.९५ किलो गाँजासहित नाइजेरियाको लागोसमा रहेको मुर्तला मोहम्मद अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
थाइल्यान्डबाट संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै आएका २८ वर्षीय खेलाडीको झोलाभित्र गाँजा भेटिएको नाइजेरियाको राष्ट्रिय लागूऔषध कानून कार्यान्वयन निकाय (एनडीएलईए) ले जनाएको छ ।
एजेन्सीका अनुसार उनले आफूले थाइल्यान्डमा व्यावसायिक बास्केटबल खेलिरहेको र आफ्नो करियरका लागि सञ्जाल विस्तार गर्न नाइजेरिया आएको बताएका छन् ।
ग्रीनको फोनको जाँचबाट लागूऔषध ओसारपसारको गतिविधिबारे उनलाई जानकारी रहेको र उनी त्यसमा संलग्न रहेको खुलेको छ । उनले चेक–इन गरिएका दुई वटा झोला छोडेर बोक्ने झोला लिएर भाग्न खोजेको देखेपछि विमानस्थलका अधिकारीहरूले पक्राउ गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार कुनै बेला मुख्यतया लागूऔषध ओसारपसारको ‘ट्रान्जिट’ केन्द्रका रूपमा हेरिने नाइजेरिया अहिले अवैध लागूऔषधको उत्पादक, उपभोक्ता र वितरकका रूपमा विकसित भएको छ ।
प्रतिक्रिया दिनुहोस्