सिंगापुर सरकारले देशमा तीव्र रूपमा घट्दै गहेको जन्मदर र विवाहदर सुधार्न एउटा नौलो र रोचक कदम चालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, सिंगापुरको सरकारी प्रविधि एजेन्सी गभटेकले सरकारी कर्मचारीहरूका लागि फर्स्टडेट नामक आफ्नै डेटिङ प्लेटफर्म लन्च गरेको छ । अहिलेका लागि परीक्षणका रूपमा सुरु गरेको यो प्लेटफर्म २१ देखि ३५ वर्ष उमेर समूहका सरकारी कर्मचारीहरूका लागि मात्र खुला गरिएको छ ।
नक्कली प्रोफाइल रोक्न प्रयोगकर्ताको पहिचान सिंगापुर सरकारको आधिकारिक डिजिटल आईडी प्रणाली सिंगपासबाट भेरिफाई गरिन्छ । सामान्य डेटिङ एपभन्दा भिन्न, यसमा नोबेल पुरस्कार विजेता गणितीय सिद्धान्त गेल–शाप्ले एल्गोरिदमका आधारमा सही जोडी मिलाइनेछ ।
गएको वर्ष सिंगापुरको प्रजनन दर इतिहासकै तल्लो बिन्दु ०.८७ मा झरेपछि सरकारले कर्मचारीहरूलाई जोडी बाँध्न र परिवार बसाउन प्रोत्साहन गर्न यो पहल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्