Ads3

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसको सङ्ख्या बढ्दै

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसको सङ्ख्या बढ्दै

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसहरूको सङ्ख्या बढ्दै गइरहेको एक सर्वेक्षणले देखाएको छ । विश्वभर बढ्दो चिन्ता र कडा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्‍याउने ठान्नेहरूको सङ्ख्या बढ्दै गएको ‘प्यु रिसर्च सेन्टर’ ले जनाएको छ ।

मेटा, स्न्याप र टिकटकलगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौँ मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्‍याएको आरोपसम्बन्धी दाबीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसैबीच सरकारहरूले आफ्ना नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटिरहित उपायहरू खोजेका छन् । प्रतिवेदनअनुसार धेरैजसो उत्तरदाताले सामाजिक सञ्जालले मानिसहरूलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्ना कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन् । यद्यपि सन् २०२२ को तुलनामा अहिले सामाजिक सञ्जाललाई ‘नराम्रो कुरा’ मान्नेहरूको सङ्ख्यामा भने व्यापक वृद्धि देखिएको छ ।

अमेरिका, क्यानडा र बेलायतजस्ता धनी देशका मानिसहरूमा सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याइरहेको छ भन्ने धारणा राख्ने प्रवृत्ति, घाना, केन्या र नाइजेरियाजस्ता प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कम भएका अर्थतन्त्रका मानिसहरूको तुलनामा धेरै पाइएको छ ।

प्यु रिसर्चले ३७ देशका ४५ हजारभन्दा धेरै मानिसमाझ सर्वेक्षण गरेको तथा अमेरिकीमाझ सामाजिक सञ्जालको प्रयोगबारे थप ५ हजार ५११ जना वयस्कसँग सर्वेक्षण गरेको जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्