Ads3

वर्तमान सरकार इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वाग्लेको दाबी

वर्तमान सरकार इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी रहेको दाबी गर्नुभएको छ । पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन–२०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुको पछाडि पुराना राजनीतिक दलहरूले गरेको बेथितिको कारण मात्र नभई भविष्यप्रतिको आशा समेत रहेको उहाँको भनाइ छ । उहाँले आउँदो दशकमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्‍याउने सरकारको लक्ष्य रहेको बताउनुभयो । 

अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै २१औँ शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड दिनुभयो । उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले डिजिटल प्रविधिको विस्तारसँगै सेवाको व्यापार अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहज बन्दै गएको भन्दै सरकारले त्यस क्षेत्रबाट समेत लाभ खोज्न सकिने बताउनुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्