Ads3

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलिब्रिज जडान : गाडी वारपार हुन थाले

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलिब्रिज जडान : गाडी वारपार हुन थाले

काठमाण्डौ । नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडानको काम सकिएको छ । गएको भदौ १० मा आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज अर्थात् (बेलिब्रिज) निर्माण सम्पन्न भएको हो ।

पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिकरूपमा गाडी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ । भोटेकोशी बाढीले वेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको थियो । बेलिब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवतजावत गर्न सहज हुनेछ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्