काठमाण्डाै । लगातार तीन कारोबार दिन घटेर हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.३८ अङ्कले घटेर २ हजार ६२१.२९ विन्दुमा झरेको छ । आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।
आज १८१ वटा कम्पनीको शेयर घटेकोमा ८९ वटाको बढेको छ । ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज मुक्तिनाथ म्युचल फन्ड–२ को शेयर साढे ८ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन दोल्ती पावर कम्पनीको शेयर ५.१४ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकममा सामान्य सुधार भएको छ । हिजो ३ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीको १ करोड ६ लाख कित्ता शेयर ३ अर्ब ८८ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्