Ads3

प्रस्तावित न्यायाधीशबारे संसदीय समितिमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय

प्रस्तावित न्यायाधीशबारे संसदीय समितिमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय

काठमाण्डाै । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका फैसला, न्यायिक निष्पक्षता, नैतिक आचरण र सम्पत्ति विवादमाथि गम्भीर प्रश्न उठाएका छन् ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा उजुरीकर्ताहरूले प्रस्तावित न्यायाधीश गोकर्ण डाँगी, चन्द्रबहादुर सारुलगायतको न्यायिक कार्यसम्पादन र विगतका विवादित फैसलाबारे प्रश्न उठाउँदै सम्बन्धित मिसिल तथा प्रमाण अध्ययन गर्न माग गरेका हुन् ।

टङ्कराज न्यौपानेले प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीसँग जोडिएको जग्गा विवादबारे समितिमा उजुरी दिनुभएको छ ।

उजुरीकर्ता विनोद सञ्जेलले प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारुसँग सम्बन्धित जबरजस्ती करणी मुद्दाको फैसलामाथि प्रश्न उठाउनुभएको छ ।

बैठकमा उजुरीकर्ता वरिष्ठ अधिवक्ता राजेश काफ्लेले न्यायपालिकाको विश्वसनीयता र कानून व्यवसायीको प्रतिष्ठा एकअर्कासँग जोडिएको बताउनुभयो । भ्रष्टाचारका स्वरूप बदलिँदै गएको उल्लेख गर्दै उहाँले न्यायिक नियुक्तिमा निष्पक्षता र नैतिक आचरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्