Ads3

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव

पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रान्त कुनार र दक्षिणी प्रान्त हेल्मण्डलाई लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देशबीचको सीमावर्ती तनाव थप चर्किएको छ ।

अफगानी अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा नौ सर्वसाधारणको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका घरसमेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभएको सिन्ह्वाले जनाएको छ । तर पाकिस्तानले भने आफ्नो कारबाहीमा २२ जना लडाकु मारिएको दाबी गरेको छ  ।

पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले हवाई कारबाही आतङ्कवादविरोधी अभियानअन्तर्गत गरिएको र सीमापार रहेका लडाकुका आश्रयस्थल तथा हतियार भण्डारलाई लक्षित गरिएको जनाएको छ ।

पाकिस्तानले सर्वसाधारणको क्षति हुन नदिन पर्याप्त सावधानी अपनाइएको दाबी गरेको छ । दुवै पक्षले आ–आफ्ना दाबी सार्वजनिक गरे पनि घटनाबारे स्वतन्त्र स्रोतबाट पुष्टि हुन सकेको छैन ।

सीमा क्षेत्रमा लामो समयदेखि जारी सुरक्षा तनाव र दुई देशबीच बढ्दो अविश्वासका बीच भएको पछिल्लो घटनाले क्षेत्रीय सुरक्षामा थप चुनौती बढाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्