संखुवासभा जिल्ला पूर्णखोप सुनिस्चित जिल्ला घोषणाका लागि सिरफारिस

संखुवासभा । स्वास्थ्य कार्यालयले संखुवासभा जिल्लालाई पूर्णखोप सुनिस्चित जिल्ला घोषणाका लागि सिफारिस गरिएको छ । आइतबार बसेको जिल्ला खोप समन्वय समितीको बैठकले पूर्णखोप सुनिस्चित जिल्ला घोषणाका लागि १० वटै स्थानिय तहलाई अनुमति समेत दिएको छ । जिल्लाका १० वटै स्थानिय तहमा गरिएको सुलभ सर्वेक्षण प्रतिवेदन बाट समेत सबै बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिस्चित गरिए सँगै यो वर्ष संखुवासभा जिल्ला पूर्ण खोप सुनिस्चित दिगोपना घोषणा हुने भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

१० वटै स्थानीय तहका बालबालिकाले १५ महिनाको उमेर भित्र लगाउनु पर्ने सबै खोप पुरा गरिसेको कारण संखुवासभा जिल्लालाई पूर्णखोप सुनिस्चित जिल्ला घोषणाको लागि प्रदेश खोप समन्वय समितिमा सिफारिस गरेको स्वास्थ्य कार्यालय संखुवासभाका सूचना अधिकारी एवम् खोप कार्यक्रम संयोजक रोषण श्रेष्ठले जानकारी दिए । पूर्णखोप सुनिस्चित गर्नुपर्ने प्रावधान अनुसार आर्थिक बर्ष २०७८÷०७९ पूर्णखोप सुनिस्चित घोषणाको सम्पूर्ण प्रक्रिया पुरा गरी प्रदेश खोप समन्वय समितिमा सिफारीस गरिएको खोप कार्यक्रम संयोजक श्रेष्ठले बताए । बालबालिकाहरुले १५ महिना भित्र पाउनु पर्ने सबै खोपहरु पाइसकेका कारण जिल्लालाई पूर्ण खोप घोषण तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पूर्णखोप सुनिस्चित जिल्ला घोषणा प्रक्रिया अनुसार वडा खोप समन्वय समितिबाट पालिका खोप समन्वय समितिमा, पालिका खोप समन्वय समितिबाट जिल्ला खोप समन्वय समितिमा र जिल्ला खोप समन्वय समिति बाट प्रदेश खोप समन्वय समितिमा सिफारीस गरी पठाउनुपर्ने प्रावधान रहेको खोप कार्यक्रम संयोजक श्रेष्ठले बताए ।सरकारको प्रवाधान अनुसारनै संखुवासभा जिल्लाले सबै प्रक्रिया पुरा गरिसकेको उहाँको भनाइ छ । संखुवासभा जिल्लामा बार्षिक ३ हजार एक सय बालबालिकाहरुलाई पूर्णखोप लगाउनुपर्ने सरकारले लक्ष राखिएको थियो । लक्ष अनुसारनै स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्भेक्षण समेत गरिसकेको खोप कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

१५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै प्रकारका खोप बालबालिकालाई लगाइ सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।१० स्थानीय तहमध्ये सिलिचोङ गाउँपालिकाले पूर्ण खोप सुनिस्चितता घोषणा गरिसकेको छ । अन्य ९ स्थानीय तह घोषणको तयारीमा रहेको बताइएको छ । स्वास्थ्य नै मानब जीबनको धन भएकाले सबै उमेर समूहका नागरिकले स्वास्थ्य संस्थाबाट खोप पाउनु पर्ने जिल्ला समन्वय समितिका उप प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका सह संयोजक तथा जिल्ला समन्वय समिती उपप्रमुख बबिता खत्री बताइन् । पूर्णखोप सुनिस्चित जिल्ला घोषणाका लागि जिल्ला समन्वय समितीको तर्फबाट सक्दो सहयोग गर्ने उपप्रमुख खत्रीले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले नियमयत खोप कार्यक्रमको प्रगति ÷ पूर्ण खोप सुनिस्चितता ÷ दिगोपनाको प्रक्रिया र प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा, जिल्ला समन्वय अधिकारी, जिल्ला अस्पताल,रेडक्रस, उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था, पत्रकार, महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविका लगायत समितिका अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search