भीष्मराज आङ्देम्बेले राष्ट्रपतिलाई जानकारी गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ ।

त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए ।
सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

जसमध्ये तीनवटा अध्यादेश जारी भइसकेका छन् । विपक्षी दलहरूले भने अध्यादेश जारी गर्ने कार्यको विरोध गर्दै फिर्ता लिन आग्रह गर्ने बताएका थिए ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search