सामुदायिक वन दिवसको अवसर पारेर संखुवासभामा वृक्षारोपण कार्यक्रम

खाँदबारी । जिल्ला बन कार्यालय संखुवासभा र सामुदायिक बन महासंघ संखुवासभाको आयोजनामा खाँदबारी ९ स्थीत मनकामना सामुदायिक वनमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।

सुसाशन र संबृद्धि, सामुदायिक बनमा उद्यम र उद्यमी भन्ने मुल नाराका साथ ३ दिन अघिबाट शुरु भएको सामुदायिक वन दिवसका अवसरमा उक्त क्षेत्रमा बृक्षा रोपण कार्यक्रम राखिएको जिल्ला बन कार्यालयका सहायक बन अधिकृत नवीन दाहालले जानकारी दिनुभयो । वहाँले जिल्ला बन कार्यालयले सातौं सामुदायिक वन दिवसका अवसरमा काठका लागि उपयुक्त टिक र खयरका बिरुवा रोपण गरिएको बताउनु भएको थियो । कार्यक्रममा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा बज्राचार्यले शुभकामना मन्तब्य प्रकट गर्दै रोपिएका बिरुवाको संरक्षणमा नियमित रुपमा ध्यान पुर्याउन आग्रह गनुभएको थियो ।

कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बर्षेनी रोपिएका बोट बिरुवाहरुको संरक्षण नहुँदा यस्ता कार्यक्रमहरुले खासै प्रभाव नपारेको भन्दै प्राकृतिक श्रोत साधनको संरक्षण र संम्वर्धनमा जोड दिई नियमित अनुगमनको ब्यवस्था मिलाउन स्थानीय निकायहरुलाई आग्रह समेत गर्नूभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य प्रकट गर्ने क्रममा भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर भोटेले जैबिक बिबिधताको संरक्षण र संम्वर्धन गर्नसके स्थानीयको आयआर्जनमा बृद्धि गर्न सकिने धारणा राख्नुभएको थियो ।

स्थानीय बन पैदावारको पहिचान र सहि परिचालनले स्थानीयको जिवीकोपार्जनमा ठुलो सहयोग पुग्ने भएकाले प्राकृतिक श्रोत साधनको संरक्षणमा स्थानीय उपभोक्ता नै बढि सक्रिय बन्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा सामुदायिक बन महासंघका केन्द्रिय सदस्य बद्री सापकोटाले बन जंगलको संरक्षण र संम्वर्धनमा समुदायले खेलेको भुमिका अत्यन्त प्रभावकारी रहेको धारणा राख्दै सामुदायिक बनको बिस्तारले समुदायमा बिभिन्न किसिमका चुनौतीहरु समेत थप भएकाले त्यसको निराकरणका लागि स्थानीय तहहरुले बिषेस सहयोगि भुमिका निर्वाह गर्नूृपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला बन कार्यालय संखुवासभाका सहायक बन अधिकृत नवीन दाहालले संखुवासभाको सामुदायिक बनहरुको अवस्था र देखिएका समस्या चुनौतिका बारेमा प्रकास पार्नुभएको थियो । कार्यक्रममा खाँदबारी नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष बिमल गौतम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष कृष्णराज शाक्य, जिल्लाका शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी, स्थानीय सामुदायिक बन उपभोक्ता समितिका सदस्य लगायत स्थानीय बासिन्दाहरुको समेत ब्यापक सहभागिता रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search