मकालु गाउँपालिकामा पहिरोबाट विस्थापित हुनेको संख्या बढ्दै

गत जेष्ठ महिनाको अन्त्यतिरबाट पानी पर्न थालेपछी मुलुकका विभिन्न स्थानमा बाढी पहिरोको प्रकोप निरन्तर चलिरहेको छ । केही स्थानमा मानवीय क्षति भएको छ भने केहीमा घरबारबिहिन र विस्थापित हुनेहरुको संख्या बढीरहेको छ ।

हिमाली जिल्ला संखुवासभा बाढी र पहिरोको उच्च जोखिम क्षेत्र हो । १० स्थानयि तह रहेको संखुवासभाको मकालु गाउँपालिकामा वर्षेनी पहिरकोका कारण जनधनको क्षति हुने र विस्थापित परिवारको संख्या बढ्दै गएको छ । गत असारमा पहिरोका कारण मकालु गाउँपालिका ५ मा एक जनाको मृत्यु भयो । पशु चौपाय मरे । मकालु गाउँपालिकामा पहिरोका कारण विस्थापित हुनेहरुको ताजा तथ्यांक नभएपनि विस्थापित हुनेहरुको संख्या बढीरहेको छ । जिल्ला प्रशासन कार्यालयको केही अघिको तथ्यांक अनुसार मकालु गाउँपालिकाका २४ परिवार विस्थापित भएका छन् ।

वडा नं. २ मा गएको पहिरोबाट स्थानीयलाई आवतजावतमा समस्या भएको छ भने केही घर परिवार विस्थापित भएका छन् । वडा नं. ६ को वडा कार्यालय नजिकै पहिरो गएपछि स्थानीयलाई वडा कार्यालयसम्म आउन समस्या भएको छ । जमिनमा धाँजा फाट्ने र पहिरो खस्न थालेपछी स्थानीय विचल्लीमा परेका छन् । कतिबेला पहिरोले लाने हो भन्ने चिन्ता उनीहरुमा छ ।

वर्खाको समयमा मकालुले हरेक वर्ष बाढी र पहिरोको क्षति व्यहोर्दै आएको छ । भिरालो जमिनको बसोबास तथा अत्याधिक वर्षाका कारण मकालु बासीले हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search