काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई बिहान मेडिसिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जनाएको छ ।
निमोनिया भएको शङ्कामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।











