काठमाण्डौ । पर्साको ठोरीमा ठूलो पानी परेको छ । ठोरीमा पछिल्लो ६ घण्टामा १६९ मिलिमिटरसम्म वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गए राति मधेश प्रदेशसहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । काठमाण्डौ उपत्यकामा पनि पानी परेको छ । आज देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
देशका तराई र पहाडी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्को अनुमान छ ।











