२० अर्ब नाघ्यो सेयर कारोबार, सात कम्पनीमा १० प्रतिशत वृद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ ।

अघिल्लो दिन १७ अर्ब ९५ करोडको कारोबार भएको थियो । नेप्से परिसूचक भने यस दिन ६।७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २७६६ अंकमा कायम भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै ५।८७ प्रतिशत बढ्यो । बैंकिङ ०। ५५, विकास बैंक ०।६७, फाइनान्स ०।४२, होटल तथा पर्य६न १।२७, जीवन बीमा ०।३०, माइक्रोफाइनान्स ०।४४ तथा अन्य समूह ०।५५ प्रतिशत घटे । लगानी १।३३, हाइड्रोपावर ०।८७, निर्जीवन बीमा ०।०७ तथा ब्यापार समूह ०।४७ प्रतिशत बढे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ८ प्रतिशत घट्यो । आरम्भ चौतारी लघुवित्तको ४।९, रुरु जलविद्युत्को ४।८, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ४।५ प्रतिशत घट्यो ।

दुई कम्पनी शिवम् सिमेन्ट र हिमालयन रिको कारोबार १–१ अर्बमाथिको भएको छ । शिवम् सिमेन्ट, हिमालयन रिसहित निफ्रा, सोनापुर सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, नेपाल फाइनान्स, एचआईडीसीएल, अपी पावर कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search