बाघको आक्रमणबाट बर्दियामा एक जना गम्भीर घाइते

बर्दिया । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

कतर्निया सामुदायिक वनभित्र च्याउ खोज्न गएका बेला बाघको आक्रमणमा परि वडा नम्बर ९ को बैदी बनगाई गाउँका ३० वर्षिय चन्द्र बहादुर कसेरा गम्भीर घाइते हुनुभएको निकुञ्जका सुचना अधिकारी पुरुषोतम वाग्लेले जानकारी दिनुभयो । आँखामा गम्भीर घाउ भएर घाइते हुनुभएका उहाँलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख अशोक रामले निकुञ्ज, मध्यवर्ती सामुदायिक वन, राष्ट्रिय वन तथा खाता जैविक मार्ग आसपासका सामुदायिक वनमा च्याउ खोज्न र घाँस–दाउरा लिन नजान अनुरोध गर्नुभएको छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search