एलन मस्कलाई सन् २०२५ का लागि टेस्लाले १५८ अर्ब डलर तलब दिने

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्नो प्रमुख कार्यकारी अधिकृत एलोन मस्कका लागि सन् २०२५ मा १५८ अर्ब डलर बराबरको तलब प्याकेज मूल्याङ्कन गरेको छ । तर कम्पनीले मस्कले अहिलेनै यो रकम प्राप्त नगर्ने जनाएको छ ।

यो तलब संरचना कम्पनीका शेयरधनीहरूले स्वीकृत गरेको दीर्घकालीन प्रोत्साहन योजनामा आधारित रहेको बीबीसीले जनाएको छ । यो योजना अनुसार मस्कले अत्यन्त महत्वाकांक्षी लक्ष्यहरू पूरा गरेपछि मात्र तलबको रूपमा शेयर पाउनेछन् ।

ती लक्ष्यहरूमा टेस्लाको बजार मूल्य ८.५ ट्रिलियन डलर पुर्‍याउने, वार्षिक २ करोड गाडी उत्पादन गर्ने, १० मिलियन पूर्ण रूपमा सेल्फ–ड्राइभिङ सदस्यता पुर्‍याउने र १० लाख रोबोट्याक्सी सञ्चालनमा ल्याउने जस्ता उद्देश्यहरू समावेश छन् ।

यी लक्ष्यहरू पूरा भएमा मस्कले थप ४० करोड डलर भन्दा बढी टेस्ला शेयर प्राप्त गर्नुहुनेछ । यसको मूल्य कम्पनीको बजार पूँजीकरण बढेमा झन्डै १ ट्रिलियन डलरसम्म पुग्ने अनुमान छ । मस्क अहिले विश्वकै सबैभन्दा धनी व्यक्तिको रूपमा रहँदै आउनु भएको छ । उहाँको सम्पत्ति झन्डै ६५१ अर्ब डलर रहेको छ भने फोब्सले यो अनुमान ७८८ अर्ब डलरसम्म पुग्ने अनुमान गरेको छ ।

यस्तै मस्ककै अर्को कम्पनी स्पेसएक्सले निकट भविष्यमा सार्वजनिक शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ, जसले मस्कको सम्पत्तिलाई अझ बढाउने अपेक्षा गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search