लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

कैलाली । गोदावरी नगरपालिका(५ गेटा बजारबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका (१३ बस्ने २६ वर्षीया अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुर, भिमदत्त नगरपालिका(११ होल्डिङ चौराहबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित भिमदत्त नगरपालिका(७ बस्ने २० वर्षीय जितेन्द्र बोहरा समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीहरूले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका(७ हल्दुखालबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय कौसल महरा, २५ वर्षीय सौरभ सिंह र २४ वर्षीय मनोज सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कञ्चनपुर शाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका(२ अर्चलबोटबाट लागुऔषध गाँजा १ किलो २ सय ग्राम र पोल्याण्ड ८५ ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पर्वत जलजला गाउँपालिका(५ लेकफाँट घर भएका २० वर्षीय आषिस गुरूङ, सोही महानगरपालिका(२ बिन्दबासिनी बस्ने २२ वर्षीय ओम पुन र सोही महानगरपालिका (१८ बस्ने २५ वर्षीय रोशन थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search