भारत भ्रमण सकेर फर्किए उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।‍

मन्त्री भण्डारीले २३ गते बिमिस्टेक सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले बिमिस्टेकले भू-परिवेष्टित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए

भ्रमणका क्रममा उनले भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम एवं प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीसँग भेटघाट गरी द्विपक्षीय हित तथा सम्बन्धका विषयमा छलफल गरेका थिए ।

उनले कोलकातास्थित महावाणिज्यदूतावासको निरीक्षण गरी दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिएका थिए ।

२४ साउनमा मन्त्री भण्डारी र प्रतिनिधिमण्डलका सदस्य, नेपाल आयल निगमका कार्यकारी निर्देशक तथा प्रशासन विभाग प्रमुख सहितको टोलीले दिल्लीस्थित भारतीय आयल निगमको निरीक्षण गरी त्यहाँको पूर्वाधार तथा सेवा प्रवाह प्रणालीको विषयमा जानकारी लिएको छ ।

सो अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको स्थानान्तरण गर्ने र त्यसका लागि भारतीय पक्षले आर्थिक तथा प्राविधिक सहयोग जुटाउने विषयमा समेत छलफल भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search