राष्ट्रपतिलाई विपक्षी ४ दलकाे आग्रह– ‘अध्यादेश जारी नगर्नुस्’

काठमाण्डाै । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले सिफारिश गरेका अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

सिंहदबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको विपक्षी दलको बैठकले राष्ट्रपतिलाई अध्यादेश जारी नगर्न आग्रह गरेका हुन् । विपक्षी दलहरूले अध्यादेशको विरोध गर्दै संसद् बैठक बोलाउन पनि माग गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नै बहुमत भएको संसद्प्रति सरकारले विश्वास नराखेर नागरिकलाई हेप्ने र ढाँट्ने काम गरेको बताउनुभएको छ । बाराको सिमरामा आज पत्रकारसँग कुरा गर्दै सभापति थापाले आखिर केका लागि संसद् स्थगन गरेको भन्ने प्रष्ट भएको उल्लेख गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search