विद्युत् महसूलको विषयमा बोल्दा सांसद ढकाललाई रोकेपछि संसदमा होहल्ला

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनबापत उठाउनुपर्ने महसूलको विषयमा बोल्दै गर्दा सभामुखले बोल्न रोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेको छ ।

रास्वापा सांसद हरि ढकालले आकस्मिक समयमा भ्रष्टाचार र अरू केही विषयमा बोलेपछि उद्योगीबाट उठाउनुपर्ने विद्युत् महसूलबारे कुरा राख्न थाल्नुभएको थियो । तर सभामुख देवराज घिमिरेले भने ढकालले सार्वजनिक यातायातको विषयमा बोल्न समय लिएकाले अरू विषयमा बोल्नु असान्दर्भिक भएको भनेर माइक काटेपछि रास्वपा सांसदहरूले उठेर विरोध जनाएका छन् ।

रास्वपालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले पनि साथ दिएका छन् । सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिनुभएको छ । लामिछानेले सांसद हरि ढकालले विद्युत् महसूलको विषय उठाउनेबित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाउनुभएको छ । त्यसपछि केहीबेर सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच भनाभन भएपछि संसद् बैठक फेरि चलिरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search