गौरमा धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

रौतहट। रौतहटको गौरमा हिजो राति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो ।

महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search