सर्पले डस्दा ६ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुल चोकमा विषालु सर्पले डस्दा ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

बुधबार साँझ गोमन सर्पको डसाइबाट स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो ।

विद्यालयबाट साँझ घर फर्केपछि शौचालयमा गएको बेला प्रतिमालाई विषालु सर्पले डसेको वडाध्यक्ष गोपाल याक्खाले बताए।

सर्पले डसेको कुरा अभिभावकले थाहा पाउन साथ बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित सर्प दंश उपचार केन्द्र लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई विराटनगरको अस्पतालमा रिफर गरिएको थियो । अस्पताल पुर् याउँदा चिकित्सकले बालिकाको मृत्यु भएको घोषणा गरे।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search