डोटीमा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूको राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search