कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त आज, प्रधानमन्त्री जाने

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह आइतबार हुँदैछ। प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहउपकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल पनि जाने कार्यक्रम छ।

स्थापनाको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए। प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुन लागेको उनले जानकारी दिए।

प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन्।

आइतबार नै प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन ९एकेडेमिक बिल्डिङ० र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको प्रतिष्ठानको आँखा केन्द्रको प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने कार्यक्रम तय भएको प्रतिष्ठानका उपकुलपति डा। रावलले जानकारी दिए।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search