स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार सातौं जीत, गेटाफे १–० गोलले पराजित

काठमाण्डौ । स्पेनिस ला लिगामा बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० ले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जीतमा खेलको १९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे । बार्सिलोनाले यो सिजनमा लगातार सातौं जीत निकालेको हो ।

सात खेलबाट २१ अङ्कसहित बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट १७ अङ्क जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा छ । गेटाफे समान खेलबाट चार अङ्कका साथ १९ औं स्थानमा छ ।

यस्तै हिजो भएको अरू खेलमा गिरोना र रायोभालेकानोले गोलरहित बराबरी खेलेका छन् भने रियल मड्रिडले अल्भेसलाई ३–२ ले हराएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search